दफा ६१ग
जानकारी दिन सकिने
(१) दफा ४९ख विपरित कुनै निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको जानकारी कसैलाई प्राप्त भएमा त्यस्तो ब्याक्तिले सो जानकारी सम्वन्धित निजामती कर्मचारी कार्यरत कार्यालय वा सामान्य प्रशासन मन्त्रालयमा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको जानकारी कुनै कार्यालयमा प्राप्त हुन आएमा सम्वन्धित कार्यालयले त्यस्तो जानकारी प्राप्त भएको मितिले सात दिनभित्र सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम वा अन्य कुनै श्रोतबाट कुनै निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको वा सो को लागि आवेदन दिएको जानकारी प्राप्त हुन आएमा सामान्य प्रशासन मन्त्रालयले दफा ६१ख. को उपदफा (१) बमोजिमको अवधि ब्यतित भएपछि त्यस्तो निजामती कर्मचारीको सम्वन्धमा छानविन गर्न बिभागीय सजाय दिने अधिकारीलाई लेखि पठाउनु पर्नेछ ।
(४) उपदफा(३)बमोजिम लेखि आएमा बिभागीय सजाय दिने अधिकारीले त्यस्तो निजामती कर्मचारीको सम्वन्धमा तीन दिनभित्र छानवीनप्रारम्भ गरी सोको जानकारी यथासिघ्र सामान्य प्रशासन मन्त्रालयलाई दिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम छानविन गर्दा बिभागीय सजाय दिने अधिकारीले सामान्य प्रशासन मन्त्रालय वा अन्य कुनै सरकारी निकायसंग कुनै कुराको जानकारी वा सहयोग माग गर्न सक्नेछ र त्यस्तो जानकारी वा सहयोग उपलव्ध गराउनु सम्वन्धित निकायको कर्तव्य हुनेछ ।
(६) यस दफा बमोजिम छानविन र कारवाही गर्दा कुनै निजामती कर्मचारीले स्थायी आवासिय अनुमति लिएको वा सो को लागि आवेदन दिएको देखिएमा निजलाई तीन महिनाभित्र प्रचलित कानून बमोजिमको प्रकृया पुरा गरी यस ऐन बमोजिम सजाय गरी सोको जानकारी पन्ध्रदिनभित्र सामान्य प्रशासन मन्त्रालयमा दिनु पर्नेछ ।